मंगलबार, वैशाख ४, २०८१

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा रिजाल

नेपालखोज २०७९ जेठ १२ गते १४:०४

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार १९ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनि यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लक्ष्मी तुलाधरले तीन हजार ३१० मत प्राप्त गरे । यस्तै चार सदस्यमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । उक्त वडामा १२ हजार ३०८ मत खसेको थियो ।

काठमाडौं-१६ मा सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्दछन् । वडा अध्यक्ष विजयी रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका छन् ।-रासस

प्रतिक्रिया