शुक्रबार, वैशाख १४, २०८१

निर्वाचित जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी

नेपालखोज २०७९ जेठ १२ गते १५:४०

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएकालाई अभिमुखीकरण तालिम दिने तयारी गरेको छ । महानगरपपालिका, उपमहानगरपालिका र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिम दिने सरकारले तयारी गरेको हो ।

तालिममा पालिकाका काम, कर्तव्य र अधिकार, व्यावहारिक समस्या र समाधानका उपायका सम्बन्धमा पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रष्ट पारिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । नवनिर्वाचित जनप्रतिनिधिलाई संघीय मामिला मन्त्रालय र प्रदेश सरकारसँगको सहकार्यमा तालिम दिन लागिएको जनाइएको छ ।

प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठ २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई जेठ २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई जेठ ३० र ३१ गते तालिम गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया