शुक्रबार, वैशाख १४, २०८१

पहाडी भेगमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

नेपालखोज २०७९ चैत १६ गते ६:११

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागहरूमा आँशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विपभागले जनाएकाे छ ।

प्रतिक्रिया