आइतबार, असार १२, २०७९

२१ जनामा कोरोना, १३ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ १२ गते १६:२६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ६०३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १२९ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार २४ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया