बिहीबार, चैत १५, २०८०

त्रियुगामा कांग्रेसका वसन्तकुमारको अग्रता कायमै, एकीकृत समाजवादीका बलदेव पछ्याउँदै

नेपालखोज २०७९ जेठ १२ गते १७:४१

गाइघाट । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार मेयर पदमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत अग्रस्थानमा छन् । सुरुको मतगणनामा एकीकृत समाजवादीका बलदेव चौधरी अग्रस्थानमा थिए । पछिल्लो समय कांग्रेसका बस्नेत ३,८७१ मत ल्याउँदै अगाडि छन् ।

बस्नेतका प्रतिस्पर्धी एकीकृत समाजवादीका चौधरी ३,७८३ मत ल्याउँदै दोस्रो स्थानमा छन् । एमालेका भागवत राउतले २,८३० मत ल्याउँदै तेस्रो स्थानमा छन् । उपमेयरमा नेपाली कांग्रेसकी सरिता राईले ३,२०५ मत प्राप्त गरेकी छन् ।

राईकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता खड्का कार्कीले २,९३५ मत ल्याएकी छन् । एमालेकी महेश्वरी राईले २,७६९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया