शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मूल्य सामान्य बढ्याे

नेपालखोज २०७९ जेठ १३ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँ बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन मंगलबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सय रुपैयाँले बढेको छ। आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शक्रबार पनि तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया