शुक्रबार, वैशाख १४, २०८१

उपमेयर डंगोलले भनिन्- सबैले सोचेकै जस्तो कान्तिपुरी नगरी बनाउने हो

नेपालखोज २०७९ जेठ १३ गते १३:१०

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डंगोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।

उनले भनिन्, ‘प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ, त्यसैगरी ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका तर्फबाट विजय हुनुभएको जनप्रतिनिधि सबैसँग सहकार्य गरेर नगर विकासमा लाग्ने हो ।’

उनले जनताको लागि सेवक भई समग्र काठमाडौं विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरागर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नागरिकले दिएको हरेक मतलाई आफूलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको उनले बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्, ’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

प्रतिक्रिया