ग्यास बोकेको बुलेटमा आगलागी, नारायणगढ-मुग्लिन सडक अवरुद्ध
नेपालखोज
२०७९ जेठ १३ गते १४:०६

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको पन्ध्र किलो भन्ने ठाउँमा ग्याँस बोकेको बुलेटमा आगलागी हुँदा सडक पनि अवरुद्ध भएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आज (शुक्रबार) दिउँसो आगलागी भएको हो । क्षति न्युनिकरणका लागि नारायणगढ–मुग्लिङ सडकखण्ड दुई तर्फी बन्द गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आगो पूर्णरुपमा नियन्त्रण नभएसम्म सचेत बनिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ । सो सडक भएर यात्रा गर्नेहरू सवारी साधान रोकिँदा अलपत्र परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया