बिहीबार, वैशाख १३, २०८१

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित

नेपालखोज २०७९ जेठ १३ गते १५:२१

काठमाडौं । राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहमुतले पारित गरेको छ । राष्ट्रिय सभाको आज (शुक्रवार) बसेको बैठकले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको हो

जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुुत गरेकी थिइन् । उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका छन् ।

संघीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको पनि तिमिल्सिनाले जनाएका छन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रतिक्रिया