बिहीबार, वैशाख १३, २०८१

ओप्पो रिसर्च इन्स्टिच्युटको अनुदानमा समावेशी र स्वास्थ्यसम्बन्धी प्रस्ताव आह्वान

नेपालखोज २०७९ जेठ १३ गते १५:३७

काठमाडौं । विश्वस्तरमा अग्रणी प्राविधिक कम्पनी ओप्पोले, ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गरेको छ । यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरूलाई सशक्त तथा थप उर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम श्रृजना तथा समाधान निस्कने विश्वास लिइएको छ । यस इनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च इन्स्टिच्युट माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रम मार्फत सबै प्रविधि व्यावसायीहरूलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्याहरू समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

‘भर्टुअस इनोभेसन’ को विषयवस्तुमा केन्द्रित, ओप्पोले पहुँच योग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरूको आह्वान गरेको छ । सहभागी टोली वा व्यक्तिहरू द्वारा ंपेश गरिएका प्रस्तावहरूको मुल्याङ्कन पछि दसवटा सम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६,००० डलरको अनुदान प्रदान गरिनेछ, साथै लगानीका अवसरहरू, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरू प्रदान गरिनेछ ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भन्नुभयो– ‘ओप्पोले भर्टुअस इनोभेसन’ को धारणामा गहिरो विश्वास गर्छ । हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा, मानिसहरूलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरूले सामना गरिरहेका केही ठूला समस्याहरू समाधान गर्ने प्रयास गरिरहेका छौँ ताकि हामी सबैका लागि राम्रो सँसार श्रृजना गर्न सकौँ” जनसङ्ख्या वृद्वि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजन जस्ता विश्वव्यापी समस्याहरूको गम्भीरतासँगै हामीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरू समाधान गर्न समान विचारधाराका अविष्कारहरूलाई सशक्त बनाउन इनोभेसन एक्सेलेटर शुरु गरेका छोँ ।

अनुदान र प्राविधिक सहयोगको उद्देश्य प्रतिभाशाली उद्यमीहरूलाई उनीहरूको भिजन लाई साकार गर्न
२०२२ इनोभेसन एक्सेलेटरले मे ८, २००२ देखि अनलाईन आवेदनहरू खोलिसकेको छ र तीन महिनाको प्रारम्भिक मूल्याङ्कन र डेमो ड,े रोड शो पछि घोषणा गरिनेछ । ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरूलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ, साथै उनीहरूलाई आफ्ना विचारहरूलाई थप कार्यान्वयन र प्रवद्र्वन गर्न मद्दत गर्नेछ , प्रत्येक विजेताहरूको प्रस्ताव निम्न प्रोत्साहनको हकदार हुनेछ :
–लगभग अमेरिकी डलर ४६,००० सम्म अनुदान
–साझेदारी र फन्डिङ अवसर
–ओप्पोका उत्पादनहरूसँग एकीकरणमार्फत प्रस्तावित व्यावसायिकरण
–विश्व्यापी प्राविधिक कार्यक्रमहरूमा प्रचार र डेमोका अवसरहरू
–उद्योग व्यावसायीहरूलाई भेट्ने र विचारहरू प्रस्तुत गर्ने अवसरहरू सहित ओप्पोको रिसर्च एण्ड डेभलपमेन्ट टोलीबाट समर्थन

प्रस्तावहरूको मूल्याङ्कन विशिष्ट निर्णायक समितिको पर्यवेक्षणमा गरिनेछ, जहाँ उनीहरूलाई चार प्रमुख मापदण्डहरू ः सम्भाव्यता, नवीनता, मौलिकता र दीर्घकालिन सम्भावित प्रस्तावहरू जस्ता क्षमताको मुल्याङ्कन गरिनेछ । ओप्पोले उच्च सम्भावित प्रस्तावहरूको पहिचान र मुल्याङ्कन गर्न प्रविधि क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरू र विशिष्ट निर्णायक समितिलाई पनि आमन्त्रित गरेको छ ।
माईक्रोसफ्ट फोर स्टार्टअप, ग्रेटर चाईना जापान र कोरियाका सीईओ तथा प्रबन्ध निर्देशक जेम्स चाउले भन्नुभयो “स्टार्टअपहरू विभिन्न उद्योगहरूमा डिजिटल समाधानहरू प्रदान गर्न सक्ने नवीन प्रविधिहरूको घर हो”। चीन एक दशकको अनुभवको साथ, स्टार्टअपहरूका लागि माइक्रोसफ्ट सटार्टअपहरू र स्थापित कम्पनीहरूसँगै अविष्कार गर्नका लागि खुला र सहयोगी प्लेटफर्म निर्माण गर्न समर्पित छ । हामी अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोसँग सहकार्य गरी विभिन्न नवीनतम प्रविधिहरू समाजमा ल्याउन उत्सुक छौँ ।

ओप्पोले छुट्टै रिफरल अवार्डकेपनि व्यवस्था गरेको छ जस अन्तर्गत आफुलाई मन परेको नवीनतम प्रविधि तथा प्रस्तावहरू ओप्पोको वेवसाइटमा गई प्रस्ताप पेश गर्ने चरणमा एक्सेलेटर जजिङ कमिटीलाई रिफर गर्न सकिन्छ । यस प्रकारका रिफरल प्रस्तावहरू यदि मुल्याङ्कनका चरणहरू प्रारम्भिक मुल्याङ्कन, डेमो डे तथा फाइनल चरण पार गरको खण्डमा रिफर गर्ने व्यक्तिहरूलाई पुरस्कारको व्यवस्था गरेको छ ।

साथै, ओप्पोले भारतको हैदराबाद,, तेल अभिभ, ईजरायलर संयुक्त राज्य अमेरिकामा तीनवटा अन्तर्राष्ट्रिय रोड शो गर्ने योजना बनाएको छ ।

ओप्पोले समान विचारधाराका साझेदारहरूसँग मिलेर “ईन्सिपेरेशन अहेड” स्पिरिट प्रदान गर्दछ ।

२०२० को शुरुवात देखि विश्वव्यापी कोभिड–१९ महामारीले विश्वभरका अरबौं मानिसहरूको जीवनलाई बाधा पु¥याएको छ । एकै समयमा, प्रविधिको दु्रत विकासले केही समूहहरूलाई बेफाइदा सहित पछाडी छोड्दैछ, परिणाम स्वरुप उनीहरूका लागि नयाँ चुनौतिहरू सिर्जना गर्दछ । ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर द वल्र्ड’ को ब्रान्ड मिशन मार्फत समाजप्रतिको आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई हृदयंगम गरी ओप्पोले यी र यस्तै अन्य समस्याहरूलाई प्रविधि मार्फत सम्बोधन गर्ने आशा राख्दछ ।

भच्र्युअस इनोभेसन निरन्तरताको माध्यमबाट, ओप्पोले व्यापक प्रयोगकर्ता र एप्लिेकेसनहरू सहित पहुँचयोग्य प्रविधि, डिजिटल स्वास्थ्यमा समृद्ध अनुभव र विशेषज्ञता हासिल गरेको छ । यी मध्ये वृद्ध प्रयोगकर्ताहरूका लागि पहुँचयोग्य डिजाईन र अनुकुलन, उदाहरणका लागि फाइन्ड एक्स थ्री श्रृङ्खलामा यसको कलर भिजन एन्हान्समेन्ट टेक्नोलोजी, जसले रङ्ग दृष्टिको कमीमा मद्दत गर्दछ । कलरओएस अपरेटिङ सिस्टम र अन्य उत्पादनहरूसँग, ओप्पोले वृद्ध प्रयोगकर्ताहरूका लागि विशेष रुपमा अनुकुलित प्रयोगकर्ताको इन्टरफेस पनि प्रस्तुत गरेको छ । यसले प्रयोगकर्तालाई प्रविधिको फाइदा र सुविधाको आनन्द लिन सक्षम पारेको छ ।

विश्वव्यापी प्रयोगकर्ताहरूमाझ स्वास्थ्य व्यवस्थापनलाई सहज बनाउन ओप्पोले हार्डवेयर सफ्टवेयर दुवैमा नवीन डिजिटल स्वास्थ्य उत्पादनहरू विकास गर्न व्यावसायिक चिकित्सा संस्थाहरू र खेलकुद प्रतिष्ठानहरूसँग साझेदारी गर्दै ओप्पो हेल्थ ल्याबको स्थापना गरेको छ । आफ्नो अनुसन्धान र विकास मार्फत ओप्पोले निवारक स्वाथ्य सेवा मार्फत मानिसहरूको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने आशा राखेको छ ।

ओप्पोलाई थाहा छ की एकल संगठनको रुपमा विश्वलाई परिवर्तन गर्ने आफ्नो शक्ति सिमीत छ । इनोभेसन एक्सेलेटर मार्फत ओप्पोले अन्य समान विचारधारा भएका व्यक्तिहरू र संस्थाहरूसँग सम्भावित समाधानहरू पहिचान गर्न र विकास गर्नका लागि जोडिने आशा राखेको छ ताकी तिनीहरूले सबैभन्दा बढी आवश्यकता भएकाहरूलाई फाइदा दिन सकुन । ओप्पोले इनोभेसन एक्सेलेटरलाई दीर्घकालिन प्लेटफर्ममा निर्माण गर्न चाहन्छ जसले विश्वभरका उत्कृष्ट समाधानहरू निकाली सार्वजनिक मुद्दाहरूलाई सम्बोधन गर्दछ । ओप्पो इनोभेसन एक्सेलेटरको लागि आवेदन ८ मे देखि जुन ३०, २०२२ सम्म खुला रहनेछ ।

प्रतिक्रिया