गगन थापाले भने- केपी ओली रन्थनिएका छन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली रन्थनिएको टिप्पणी गरेका छन् । सरकारले प्रस्तुुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार प्रतिनिधिसभामा थापाले सरकारको नीति तथा कार्यक्रममाथि ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका ।
महामन्त्री थापाले यस्तो बेलामा जसरी बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने पनि जनाए । उनले ओलीको कुण्ठायुक्त तीनघण्टे भाषणमा महत्त्पूर्ण केही विषय नभएको टिप्पणी गरे । उनले थपे, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ ।
त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने ? मैले भनेँ, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ ।’
महामन्त्री थापाले ओलीलाई पलेटी कसेर, एक खुट्टामा टेकेर बोले पनि हुने र अहिले आफूले सुनिदिनुपर्ने जनाए । कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्ने विषय भएको महामन्त्री थापाको दाबी छ ।
प्रतिक्रिया