१.८३ अंकले बढ्याे नेप्से, ५ अर्ब ८२ करोडकाे काराेबार

काठमाडाैं । साताको चैथाे कारोबारको दिन शेयर बजार परिसूचक नेप्से १.८३ अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २ हजार ५९५.९६ बिन्दुमा रोकिएको हो ।
नेप्से २९९ कम्पनीको ६३ हजार ३७४ पटकको कारोबारमा एक करोड सात लाख ४५ हजार ४२७ कित्ता शेयर किनबेच भएका छन् । आज कुल कारोबार रकम पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार १३४ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ समूहको शेयर कारोबार हुँदा ६ वटा समूहको सूचक घटेपनि बाँकी समूहको सूचक भने बढेको छ । कारोबार भएका समुह मध्ये आज वाणिज्य बैंक समूहको सूचक ११.०८ अंकले घटेर १ हजार ३५६.७१ अंकमा झर्दा निर्जीवन बिमा समुहको सुचक ५१.४९ अंकले घटेर १२ हजार ४३२.४३ अंकमा खुम्चिएको छ । फाइनान्स लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक आज घटेका छन् ।
विकास बैंक समूहको सूचक ५८.१३ अंकले बढेर पाँच हजार ४२६.७२ अंकमा पुग्दा जलबिद्युत समूहको सूचक ६३.४५ अंकले बढेर तीन हजार ६६७.११ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक १०.२२ अंकले बढेर १२ हजार ६५०.७१ अंकमा पुग्दा होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र व्यापार समूहको सूचक बढेका छन् ।
कारोबार भएका कम्पनीहरु मध्येमा आज दोल्ती हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा ङादी हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया