शनिबार, असोज ५, २०८१

‘ओलीको घोचपेच र शब्दवाणले चिन्तित भएँ’

नेपालखोज २०७९ जेठ १४ गते १५:२९

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको ओलीको घोचपेच र शब्दवाणले चिन्तित भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा शनिबार उनले यस्तो बताएका हुन् । उनले ओलीको दम्भ नभए मिलेर काम गर्न सकिने पनि बताए ।

‘नेकपा एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा छ, विश्वास छ । अहिले पनि,’ प्रचण्डले भने, ‘यो प्रवृत्ति, जसमा यति धेरै अहंकार, यति धेरै दम्भ नहुने हो भने अरू सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने देख्दिनँ । अझै उहाँले जसरी घोचपेच गर्नुभयो । जस्ता… जस्ता शब्दवाण प्रहार गर्ने कोसिस गर्नुभयो, यसले म निकै चिन्तित भएको छु।’

प्रचण्डले सातै प्रदेशका सरकार गुमाउँदा पनि ओलीले आफ्ना कमजोरीको समीक्षा नगरेको बताए । ओलीले राष्ट्रियसभा निर्वाचन र स्थानीय तह निर्वाचनपछि पनि आत्मसमीक्षा नगरेको प्रचण्डको भनाइ छ । ‘राष्ट्रियसभाको चुनाव भयो । चुनावमा उहाँले जे देख्नुभयो भोग्नुभयो त्यसबाट पनि केही न केही त आयो होला भन्ने लाग्थ्यो मलाई,’ उनले भने, ‘अहिलेको स्थानीय तहको निर्वाचनपछि त पक्कै पनि उहाँले आत्मसमीक्षा गर्नुहुन्छ र फेरि एकचोटि देशको राजनीतिक स्थायित्वको निम्ति, कम्युनिस्ट आन्दोलनको हितको निम्ति आफू तत्पर रहेको कुरा गर्नुहोला भन्ने लागेको थियो ।’

प्रचण्डले भने- स्थानीय निर्वाचनले संविधान मिच्नेलाई चाेटिलाे जवाफ दियाे

राजनीतिक दलबीच साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिए । एक-अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उनले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया