शुक्रबार, वैशाख ७, २०८१

गत वर्षको तुलनामा रोपाइँ छिटो, देशभर ९१ प्रतिशत सम्पन्न

नेपालखोज २०७७ साउन ८ गते १३:४७

काठमाडौं । साउनको पहिलो साता सकिँदै गर्दा नेपालमा कुल ९१.६८ प्रतिशत रोपाइँ सकिएको छ ।

कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकनुसार गत वर्षको तुलनामा यस वर्ष रोपाइँ २७.८९ प्रतिशतले बढि सम्पन्न भएको छ । गत वर्ष साउन ६ गतेसम्म ६३.७९ प्रतिशत रोपाइँ सकिएको थियो ।

यस वर्ष उच्च पहाडमा ८७.६५ प्रतिशत मध्य पहाडमा ८५.२३ प्रतिशत तराईमा ९४.१७ प्रतिशत गरि समंग्र नेपालभर साउन ६ गतेसम्म ९१.६८ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको तुलनामा रोपाइँ यस वर्ष छिटो भएको छ । लगातार वर्षातको कारण यस वर्ष अन्य वर्षकोको तुलनामा रोपाइँ छिटो भएको कृषि विज्ञहरुको बुझाइँ छ ।

गत वर्ष यो समयमा उच्च पहाडमा ७५. ०१ प्रतिशत, मध्य पहाडमा ७२.८७ प्रतिशत र तराईमा ६०.०२ प्रतिशत रोपाइँ सकिएको थियो ।

प्रदेश गत रोपाइँको यस्ताे छ विवरण :

प्रतिक्रिया