त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टिम अमेरिका प्रस्थान
नेपालखोज
२०७९ जेठ १४ गते १८:२८

काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टिम अमेरिका प्रस्थान गरेको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ गरे ।
कार्यक्रममा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताका लागि तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
अमेरिकामा नेपाले घरेलु टोलीसहित ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । उक्त सिरिज अघि नेपाली टिमले त्यहाँका २ वटा क्लबसँग पनि अभ्यास खेलका रुपमा एक दिवसीय क्रिकेट खेल्ने तय भएको छ ।
सम्बन्धित

प्रतिक्रिया