आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, बजेट ल्याउने बाटो खुल्याे
नेपालखोज
२०७९ जेठ १४ गते २०:३०
काठमाडौं । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।
त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ ।
दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा सरकारको आउँदो वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
सम्बन्धित
प्रतिक्रिया