सरकारले आर्थिक वर्ष २०७९/८० काे बजेट आज सार्वजनिक गर्दै

नेपालखोज २०७९ जेठ १५ गते ६:०७

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ । शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । 


 

प्रतिक्रिया