बुधबार, असार ४, २०८२

समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै

नेपालखोज २०८० भदौ २५ गते १०:१७

विराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्दैछ ।

सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले आज दिउँसो गर्ने सन्देश सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुन प्रदेशसबाट कार्यकर्ता बोलाइएको छ । मोर्चाको यो अन्तिम प्रदेशस्तरीय सन्देश सभा हो । यसअघि ६ वटा प्रदेशमा सभा भइसकेका छन् ।

प्रतिक्रिया