बुधबार, वैशाख १२, २०८१

पुस्तक प्रकाशनको तयारीमा महावीर पुन

नेपालखोज २०७९ फागुन २९ गते १५:१९

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा वैज्ञानिक महावीर पुनले पुस्तक लेख्न सुरु गरेका छन् । वीरगन्जमा कृषि औजार कारखानालाई आधुनिकीकरणमा जुटेका पुनले आफ्नै कथा समावेश गर्ने पुस्तक लेख्न थालेको जानकारी दिए ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै वैज्ञानिक पुनले पुस्तक लेखन २५ दिनमा सक्ने बताए । पुस्तकको नाम ‘महावीर पुनको कथा’रहनेछ । पहिलो दिन नै १० पेज लेखिएको उनले बताए ।

उनले लेखेका छन्, ‘मैले हिजै देखि “महावीर पुनको कथा“ भन्ने किताब लेख्न सुरु गरेँ । दश पेज लेखियो । किताब लेख्न बढीमा २५ दिन लाग्ला । अनि त्यो किताबलाई प्रेसमा गुटुङटुङङ छापेर बजारमा ल्याइने छ । त्यो किताब बेचेर आएको पैसा राष्ट्रिय आविष्कार केन्द्रमा जान्छ र त्यसबाट वीरगन्जको कृषि औजार कारखानालाई आधुनिकीकरण गर्न प्रयास गरिने छ । कसैले रिस राग नगर्नु होला ।’

प्रतिक्रिया