कैलालीकाे नदीमा डुबेर दुई बालकको मृत्यु
नेपालखोज
२०७९ जेठ १५ गते १५:१०

कैलाली । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरू मध्ये चाैधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताकाे पनि डुबेर मृत्यु भएकाे प्रहरीको भनाइ छ । चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया