सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्याे
नेपालखोज
२०७९ जेठ १५ गते १९:०६
काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशत बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब १५ प्रतिशत बढाएका हुन् ।
मुख्यसचिवको अहिलेको तलब ६७ हजार १४० रुपैयाँ रहेको छ भने अबको तलब ७७ हजार २११ हुनेछ । त्यसैगरी सचिवको तलब ९ हजार ४०२ बढेको छ भने सहसचिवको तलब ७ हजार ४०७ रुपैयाँ बढेको छ ।
उपसचिवको तलब ६ हजार ३५७ बढेको छ भने शाखा अधिकृतको तलब ५ हजार ६९९ बढेको छ । त्यस्तै नायब सुब्बाको तलब ४ हजार ५३० र खरदारको तलब ४ हजार २९२ ले बढेको छ ।
सम्बन्धित
प्रतिक्रिया