बिहीबार, वैशाख ६, २०८१

काठमाडौं उपत्यकामा घट्यो सार्वजनिक यातायातको भाडा, भोलिबाट लागू

नेपालखोज २०८० जेठ ११ गते १६:५२

काठमाडौं । बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । यद्यपि नयाँ भाडादर भोलि राजपत्रमा प्रकाशित भएपछि लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ । अहिले २० रूपैयाँ छ ।

मन्त्रालयका प्रवक्ता शंकरराज पाठकका अनुसार भाडा घटाउने निर्णय भएको बताए ।

उनले भने, ‘डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५.९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घट्ने छ ।’

पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुने गरेको छ ।

पछिल्लो समय नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । भने नयाँ मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम गरेको थियो ।

यसअघि नै संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

प्रतिक्रिया