सोमबार, वैशाख २४, २०८१

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

नेपालखोज २०७९ जेठ १६ गते १४:११

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले बाजी मारेका छन् । अन्तिम मतपरिणामअनुसार कांग्रेसका वसन्तकुमार बस्नेतले मेयर पद जितेका हुन् ।

बस्नेत १३ हजार २६३ मत ल्याएका विजयी भएका हुन् । उनलाई पछ्याएका एमालेका भागवत रावतले ११,२३२ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ८,८९९ मत ल्याइ तेस्रो भएका छन् ।

यसैबीच उपमेयरमा एमालेकी महेश्वरी राईले १२, ८७६ मत ल्याउँदै विजयी भएकी छन् । उनकी प्रतिस्पर्धीले कांग्रेसकी सरीता राईले ११,४५१ मत ल्याएकी छन् । माओवादीकी गीता खड्काले ६,४२५ मत ल्याएकी छन् ।

प्रतिक्रिया