बस्दै संसद् बैठक, बजेटमाथि छलफल हुने

नेपालखोज २०७९ जेठ १७ गते ७:४५
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/०८० को बजेटमाथि छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले अस्ति (आइतबार) संसद्‌मा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारकै दोस्रो बैठकमा जानकारी गराएका थिए ।

संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरिसकेको छ । जसमा दुई एजेन्डा समावेश छन् । पहिलो एजेन्डामा अर्थमन्त्री शर्माले आव ०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यस्तै दोस्रोमा आव ०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया