आईजीपी नियुक्तिविरुद्धको मुद्दामा पूर्ण ​सुनुवाइ हुँदै

नेपालखोज २०७९ जेठ १७ गते ९:०९

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दामा आज (मंगलबार) पूर्ण सुनुवाइ हुने भएको छ ।

मन्त्रिपरिषद्ले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पहिलो वरीयताका अर्थात् प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण ​सुनुवाइका लागी पेस गर्न आदेश गरेकी थिइन् ।

सर्वोच्चले सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्चबाट अन्तरिम आदेश जारी नभएपछि आईजीपी सिंहले वैशाख १९ मै दर्ज्यानी चिह्‌न लगाएर कार्यभारसमेत सम्हालिसकेको अवस्था छ ।

प्रतिक्रिया