अपडेट : हटाइयो पल्टिएको ट्यांकर, अवरुद्ध पोखरा विमानस्थलको सेवा नियमित
नेपालखोज
२०७९ जेठ १७ गते १०:०७
कास्की । पोखरा विमानस्थलभित्र धावनमार्गनजिकै रहेको सडकमा पल्टिएको तेलको ट्यांकर हटाइएको छ । ट्यांकर पल्टिएपछि केहीबेर अवरुद्ध उडान र अवतरण अवरुद्ध बनेको छ । ट्यांकर हटाएसँगै विमानस्थलमा अब उडान र अवतरणको सेवा नियमित भएको प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार आयल निगमको डिपोबाट हेलिकप्टरमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको थियो । विमानस्थलमा तेल पोखिए पनि मानवीय क्षति भएको थिएन । सडकमा पोखिएको तेल पनि सफा गरिसकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया