सोमबार, वैशाख २४, २०८१

आईसीसी टि-२० विश्वकप छनोट : सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

नेपालखोज २०८० कार्तिक १७ गते ६:३०

काठमाडौं । आईसीसी टि-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । खेल बिहान-११ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ ।

विजेता टोली २०२४ को ट-२० विश्वकप खेल्न पाउनेछन् । नेपाल यूएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन ।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले हराएको थियो ।

प्रतिक्रिया