भिक्षु-अभिनेत्री ‘ब्याक टच’ काण्ड: ‘कबड्डी ४’को पोस्टर जलाइयो
नेपालखोज
२०७९ जेठ १७ गते १२:४२
काठमाडौं । एक भिक्षु ‘कबड्डी ४’की अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा छन् । अहिले यो काण्डले उग्ररूप लिएको छ । यो विषयले समाजिक सन्जालसँगै सडक पनि तताएको छ ।
अभिनेत्रीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ती भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै एक समूहले चाबहिलमा प्रदर्शन गरेको छ । उनीहरूले ‘कबड्डी ४’विरुद्ध नाराबाजी गर्नुको साथै चलचित्रको पोस्टरसमेत जलाएका छन् ।
अभिनेत्रीले मुगु स्थायी घर भएका फुर्वा लामा नामक बौद्ध भिक्षुले दर्शकसँग फिल्म हेर्न जानेक्रममा सिभिल मलको एक कफी सपमा आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । गलत नियतले ‘ब्याक टच’ गरेको भन्दै उनले ती भिक्षुलाई झापड लाएर सबैको सामु माफी माग्न लगाएकी थिइन् । पछि अभिनेत्रीले उजुरी गरेपछि भिक्षुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया