शनिबार, जेठ ५, २०८१

सुनचाँदीको मूल्य सामान्य घट्यो

नेपालखोज २०७९ असार २८ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला २ सयले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ २ सयले बढेको छ । आज प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९४ हजाज २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी पनि प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया