सोमबार, असार ४, २०८१

नेप्सेमा पुनः ३५ अंकको गिरावट, कारोबार रकम एक अर्ब ३१ करोडमै सीमित

नेपालखोज २०७९ जेठ १७ गते १६:०८

काठमाडौं । सरकारले आगामी आवको बजेट घोषणा गरेपछिको दोस्रो दिनको सेयर कारोबार परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिन ५० अंकले घटेको नेप्से आज मंगलबार पुनः ३५ दशमलव ५३ अंकले घटेर २१ सय ३७ दशमलव ९२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ११ अंकले घटेर चार सय १५ दशमलव ६३ अंकमा झरेको छ ।

दुई सय २९ कम्पनीको २७ हजार पाँच सय १९ पटकको कारोबारमा ३७ लाख ६९ हजार आठ सय १२ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएका छन् । जसमध्ये सामूहिक लगानी कोष समूहको सूचक बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव एक अंकले घटेर १४ सय ८८ दशमलव ३५ झरेको छ । विकास बैंक समूहको सूचक ५४ दशमलव २६ अंकले घटेर ३६ सय ५१ दशमलव ३५ अंकमा पुगेको छ ।

जलविद्युत समूहको सूचक ३० दशमलव ८७ अंकले घटेर २५ सय ५४ दशमलव ४५ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ३६ दशमलव ४२ अंकले घटेर आठ हजार नौ सय ९७ दशमलव आठ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ७१ दशमलव ८४ अंकले घटेर १० हजार चार सय एक दशमलव चार अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव २३ प्रतिशतले बढेर १४ सय ७५ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर तीन सय ५५ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज एनआईसी एसिया बैंकको प्रतिकित्ता सात सय ५२ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा पाँच करोड ३७ लाख ९८ हजार आठ सय रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया