ग्लोबल आईएमईका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा १० प्रतिशत क्यास ब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरबाट सामान किन्दा १० प्रतिशतसम्म क्यास ब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो । योजनामा ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् ।
योजना जेठ १८ गते बुधबारदेखि काठमाडौं उपत्यका भित्रका मिनिसो र मिसियोका सबै स्टोरमा लागु हुनेछ । फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोर छन् । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।








प्रतिक्रिया