शुक्रबार, जेठ ४, २०८१

ह्वावेको दोस्रो ‘सिड्स फर द फ्युचर’ सुरु, आईसीटीका विद्यार्थीलाई ग्लोबल फ्ल्यागसिप

नेपालखोज २०७९ जेठ १७ गते १८:४८

काठमाडौं । ह्वावेले काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीका लागि ‘सिड्स फर द फ्युचर’ ग्लोबल फ्ल्यागसिप सीएसआर कार्यक्रम सुरु गरेको छ । ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटीसम्बन्धी विषयका स्नातक तहका विद्यार्थीका लागि लागु हुनेछ ।

कार्यक्रम पहिलो पटक थाइल्याण्ड मा २००८ मा सुरु भएको थियो । त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् । यस वर्ष, प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

पत्रकार सम्मेलनमा ह्वावेले प्रा. डा. शशिधर राम जोशी, प्रा. डा. सुवर्ण शाक्य, प्रा. तिमिला यामी थापा र प्रा. डा. मनीष पोखरेल-आईसीटीका सबै प्रतिष्ठित प्राध्यापकहरु सम्मिलित कार्यक्रमको छनोट समितिको परिचय गराएको थियो । यस वर्ष ह्वावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ । संस्थाले आफ्नो “Next 50” अभियान अन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउनेछ ।

कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्तर्दृष्टिहरू प्राप्त गर्ने र बैंककको ९ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंककमा, विद्यार्थीहरूले 5G, क्लाउड कम्प्युटिङ र एआई लगायत प्रमुख प्रविधिहरूमा प्रवेश स्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन्; अत्याधुनिक आईसीटी विकासहरू बारे जान्नेछन्, अन्तर्राष्ट्रिय संस्थाहरूको भ्रमण मार्फत अन्तर्राष्ट्रिय परिप्रेक्ष्य विकास गर्नेछन्; विषयहरूको विस्तृत दायरामा दृष्टिकोण साझा गर्ने विशेषज्ञहरूबाट सुन्नेछन्; विभिन्न संस्कृतिहरू अनुभव गर्नेछन् र एशिया प्यासिफिक क्षेत्रबाट साथीहरू बनाउनेछन्; र “Tech4Good” समूह परियोजनामा भाग लिनेछन् ।

Tech4Good परियोजनाको लागि, विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनु पर्छ । Tech4Good परियोजनाका विजेता टोलीहरूले पनि अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित Tech4Good एक्सेलेटर क्याम्पमा सामेल हुन पाउनेछन् ।

नेपालमा, विद्यार्थीहरूले ह्वावे नेपालको कार्यालयको भ्रमण मार्फत आईसीटी उद्योगमा सुरुवाती कदम चाल्ने मौका पाउने छन् । उद्योग विशेषज्ञहरूबाट कक्षाहरू र रमणीय स्थानमा ह्वावे -निर्मित बेस स्टेशनको यात्रा कार्यक्रम पूरा भएपछि, विद्यार्थीहरू आलुमनाइमा सामेल हुनेछन् जहाँ विशेष वेबिनारहरू, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि सबै वर्षभर आयोजित हुनेछन् ।

कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमिको साथ कुनै पनि आईसीटी डिस्सीप्लिन का स्नातक विद्यार्थीहरूको लागि खुला छ । विद्यार्थीले www.seedsnepal.com मा गई सो कार्यक्रममा आवेदन दिन सक्नेछन् । आफ्नो भर्खरको मार्कसिट अपलोड गर्नुपर्नेछ, वा यदि तिनीहरू नयाँ विद्यार्थी हुन् भने, उनीहरूको संस्थाबाट सिफारिस पत्र आवश्यक पर्नेछ । ५०० देखि ६०० शब्दको प्रेरणा पत्र पनि आवश्यक छ । त्यसपछि छनोट समितिले अन्तिम अन्तर्वार्तापछि ७ जनालाई छनोट गर्नेछ ।

पत्रकार सम्मेलनमा त्रि.वि. इन्जिनियरिङ इन्स्टिच्युटका डिन प्रा. डा. शशिधर राम जोशीले कार्यक्रमको २०२१ संस्करण निकै रोमाञ्चक भएको स्मरण गर्दै गत वर्ष छनोट भएका विद्यार्थीलाई निकै योग्यका रूपमा प्रशंसा गर्नु भयो । “ह्वावेले नेपालको आईसीटी क्षेत्रमा उदीयमान प्रतिभालाई सहयोग गरिरहेको छ । म हाम्रा विद्यार्थीहरूका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा ह्वावेलाई धन्यवाद दिन चाहन्छु जहाँ उनीहरूले 5G, क्लाउड र AI बारे सिक्न पाउनेछन् ।”

प्रा. तिमिला यामी थापाले कार्यक्रमलाई उत्कृष्ट पहल र ह्वावेलाई प्रविधिको क्षेत्रमा विश्व-लिडर भएको बताउनु भयो । उहाले भविष्यका लिडर हुन सक्ने प्रतिभामा लगानी गर्दा दीर्घकालीन फाइदाहरू सरकार र निजी क्षेत्रले समान रूपमा बुझ्नुपर्नेमा जोड दिनु भयो । उहाँले ह्वावे को सीड्स फर द फ्युचर कार्यक्रमलाई प्रतिभा विकासका लागि मोडल कार्यक्रम भन्नु भयो जसले विद्यार्थीहरूलाई नेटवर्किङको ठूलो अवसर दिनेछ । “हाल को प्रतिभाहरूको लागि पुन: सीप र अपस्किलिङ ह्वावे जस्ता बहुराष्ट्रिय कम्पनीहरूसँग सहकार्य गरेर मात्र हुन सक्छ”, उहाँले थप्नु भयो ।

त्रि.वि. इनोभेसन सेन्टरका निर्देशक, प्रा. डा. सुवर्ण शाक्यले ह्वावेलाई अग्रणी आईसीटी कम्पनीको रूपमा प्रशंसा गर्नु भयो । “नेपालमा आईसीटी पूर्वाधार विकासको ठूलो आवश्यकता छ र त्यसमा ह्वावेले योगदान दिइरहेको छ । ई-गभर्नेन्स र क्लाउड गभर्नेन्स समयको आवश्यकता हो,’ उहाँले भन्नु भयो । उहाँले नेपालमा दोस्रो पटक सीड्स फर द फ्युचर कार्यक्रम मार्फत विद्यार्थीहरुलाई उपलब्ध गराएको अवसरका लागि कम्पनीलाई धन्यवाद समेत दिनु भयो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टले कार्यक्रमलाई प्रविधि, युवा र सिकाइबीचको अन्तरसम्बन्ध भएको बताउनु भयो । ह्वावे र युनेस्कोबीच पहिलेदेखि नै विश्व स्तरमा युवा जनशक्ति र प्रविधिलाई सँगै राख्न विभिन्न क्षेत्रमा काम गर्ने साझेदारी रहेको छ,’ उहाँले भन्नु भयो । उहाँले जलवायु परिवर्तन र दिगो विकासका विभिन्न मुद्दाहरू सम्बोधन गर्ने काम युवाहरूले गर्ने भएकाले उनीहरूमा लगानी गर्नुपर्ने आवश्यकतालाई प्रकाश पार्दै ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रमसँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

ह्वावे टेक्नोलोजी नेपाल प्रा. लि., का सि. ई. वो. विलियम झाङले आफ्नो समापन टिप्पणीको साथ कार्यक्रमको समापन गर्नुभयो । यस वर्षको कार्यक्रममा नेपालका विद्यार्थीहरुले अझ बढी उत्साहका साथ सहभागिता जनाउने उनको विश्वास छ । उनले भने, “ह्वावेमा, हामीले बुझेका छौं कि डिजिटल प्रतिभाहरू डिजिटल विकासको जग हो । हामी सबै १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौं । मलाई लाग्छ कि हामी सबै सहमत हुन सक्छौं कि नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ । यस रूपान्तरणको मुटुमा प्रतिभाशाली युवा व्यक्तिहरू हुनेछन् । सीड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको खेतीमा योगदान दिने आशा गर्छौं ।’

प्रतिक्रिया