आइतबार, जेठ ६, २०८१

नेपालले स्कटल्यान्डमा खेल्ने सिरिजको तालिका सार्वजनिक, पहिलाे खेल नामिबियासँग खेल्ने

नेपालखोज २०७९ जेठ १७ गते १९:३६

काठमाडाैं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको सिरिज जुलाईमा गर्ने गरि तालिका सार्वजनिक गरेको छ । नेपालले जुलाई ११ मा नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्ने छ ।

यसैगरी दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग जुलाई १३ मा खेल्ने छ भने तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ मा हुने छ। चौथो तथा अन्तिम खेल भने भोलिपल्ट जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने छ ।  

नेपाली टिम अहिले लिग टू सिरिज अन्तर्गत अमेरिकामा रहेको छ। अमेरिका र ओमानसँगको त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नका लागि नेपाली टिम गएको हो ।  

प्रतिक्रिया