बुधबार, जेठ १, २०८२

म्यानमारको राजधानीमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते

नेपालखोज २०७९ जेठ १८ गते ७:१८

याङगुन । म्यानमारको राजधानी याङ्गुनमा मंगलबार बम विस्फोट भएको छ ।  विस्फोटनमा परि कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ । 

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाई छ ।  राजधानी स्थीत बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको  प्रहरीले जनाएको छ । रासस÷एएफपी

प्रतिक्रिया