बुधबार, जेठ १, २०८२

ब्राजिलमा वर्षा र बाढीबाट १०० जनाको मृत्यु, हजारौं विस्थापित

नेपालखोज २०७९ जेठ १८ गते १८:५९

रियो डि जेनेरियो । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । यहाँ गत सातादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो ।

ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ । त्यस सहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया