प्रधानमन्त्रीले कामपाका मेयरलाई भने- समस्या समाधानमा पूर्ण सहयोग रहन्छ

नेपालखोज २०७९ जेठ १८ गते १९:१५

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहसँगको भेटका क्रममा आज प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताएका हुन्

भेटमा प्रधानमन्त्रीले शाहलाई कामपाको प्रमुखमा विजय भएकामा बधाईसमेत दिए । प्रमुख शाहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया