प्रदेश १ र मधेश प्रदेशमा बिहानैदेखि वर्षा, पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने

नेपालखोज २०७९ जेठ १९ गते ६:०४

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा माैसन पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ  र  हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ र हावा-हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया