आइतबार, जेठ ६, २०८१

फाइनलसिमाको उपाधि अर्जेन्टिनाले जित्याे

नेपालखोज २०७९ जेठ १९ गते ६:४९

काठमाडाैं । इटलीलाई ३-० हराउँदै ‘फाइनलसिमा-२०२२’ को उपाधि अर्जेन्टिनाले जितेको छ । बुधबार राति वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले इटलीलाई ३-० हराउँदै च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे । अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोलमा एसिस्ट गरेका थिए । 

खेलको २८औं मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एङ्गल डी मारिया टिमलाई दुई शुन्यले अगाडी राखे । 

खेलको इन्जुरी समयमा डिबालाले गोल गरेपछि अर्जेन्टिनाले तीन शुन्यको सहज जित निकाल्यो । यो प्रतियोगिताको उपाधिका लागि कोपा अमेरिका च्याम्पियन र युरो कप च्याम्पियन बिच प्रतिस्पर्धा भएको थियो । 

प्रतिक्रिया