हलिउड अभिनेता जोनी डेपले मानहानिको जिते मुद्दा
नेपालखोज
२०७९ जेठ १९ गते ९:४५

काठमाडाैं । हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका छन् । ६ साता लामो सुनुवाइका क्रममा ती दुई हलिउड स्टारहरूले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका नराम्रा खाले आरोपहरू लगाएका थिए ।
एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ ।
अन्ठाउन्न वर्षे डेपविरुद्ध उनकी ३६ वर्षीया पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा लगाएकी थिइन्। त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको छ ।
तेस्रो मामिलामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया