नेपालगन्जमा झडप, केही प्रहरी घाइते
नेपालखोज
२०७९ जेठ १९ गते १२:१२

नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले प्रहरीले बाध्य भएर केही राउन्ड हवाई फायर गरेको जानकारी दिँदै केही प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा आएको जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । -रासस
सम्बन्धित

प्रतिक्रिया