काजी कालु पाँडेको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण (तस्बिरसहित)

नेपालखोज २०७९ जेठ १९ गते १५:३०

काठमाडाैं । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उनको योगदानको स्मरण गर्दै मनाइयो ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गरेकाे योगदानबारे प्रकाश पारेका छन् ।

सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण प्रोसेस अफ नेपलाइजेशनको विकासका क्रममा विभिन्न जातजातिहरुको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा संघीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताए ।

प्रतिक्रिया