लोकतन्त्र यति असहिष्णु हुनुहुन्न : कमल थापा
नेपालखोज
२०७९ जेठ १९ गते १६:५५

काठमाडौं । बाँकेको नेपालगन्जमा दिवंगत राजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा अवरोध भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
सामाजिक सन्जाल (ट्विटर) मा स्ट्याटस लेख्दै उनले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक नभएको बताए ।
‘आन्दोलनको रापतापमा राजा लगायत बीपी, भानुभक्त समेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगन्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो, त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन,’ थापाले लेखेका छन्, ‘शालिक राखेर राजा फर्कने होइन । इतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनुहुन्न ।’
राजा समर्थकहरूले शालिक राख्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको छ ।

सम्बन्धित

प्रतिक्रिया