मन्त्री चौधरी भन्छन- मनसुन शुरु भएकाले सुरक्षाको लागि मेलम्चीको सुरुङ बन्द

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गर्ने बताएका छन् । खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथाउने काम काम बन्द गरे । सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताएका हुन् ।
मन्त्री चौधरीले भने, ‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केहि दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाईभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ ।’
उनले मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि बिकल्पको रुपमा बागमति नदिबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ती गरिने बताए ।
वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनः पथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आमउपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् ।
आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्बरकाे ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्बरकाे ढोका बन्द गरेको छ । मन्त्री चौधरीले गत वर्ष मेलम्ची नदीमा आएको बाढी परिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदि नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाई विभागलाई बजेट व्यवस्था गरे बमोजिम हाल तीब्र गतिमा काम भइरहेको जनाएका छन् ।

प्रतिक्रिया