स्ट्यान्डर्ड चार्टर्डले दियाे ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहयाेग

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ने.रु.३०.३६ लाख रुपैयाँ (यूएस डरलर २५,०००) सहयोग प्रदान गरेको छ ।
किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको छ । परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ ।
यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवद्र्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ सँग मिल्दोजुल्दो छ । सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एन्ड मार्केटिङ प्रमुख सुश्री प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो ।
रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने ‘विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।’








प्रतिक्रिया