आइतबार, जेठ ६, २०८१

७९ रनले कतारमाथि नेपालको जित

नेपालखोज २०७९ जेठ २० गते १३:००

काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वन्टी विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

ओपनिङमा आएकी किरणकुमारी कुँवर १ रनमै पभेलियन फर्किइन् । त्यसपछि अञ्जली विश्वकर्मा र सानु राजवंशीले नेपालको पारि अघि बढाउने क्रममा नेपाली टिमको २० रन भएपछि अञ्जली पनि पभेलियन फर्किइन् । अञ्जलीले १६ बलमा ११ रनको योगदान गरिन् । सानुले ४४ बल फेस गर्दा २१ रन मात्रै बनाइन् । आस्मा पुलामीले भने ३९ बलमा ३२ रन बनाएर नटआउट रहँदा सृष्टि जैसी १९ बलमा २३ रन बनाएर नटआउट रहिन् ।

कतारका लागि साची धाडवल र एलिना खानले नेपालको एक-एक विकेट लिए । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारी १५.४ ओभरमा ३८ रनमै समेटियो । पहिलो विकेटका लागि ३३ रन जोडेको कतारले बाँकी ५ रन थप्दा सबै विकेट गुमायो ।

नेपालका लागि सृष्टिले ३ विकेट लिँदा स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले दुई-दुई विकेट लिए । ३ विकेट र नट आउट २३ रन बनाएकी सृष्टि प्लेयर अफ दी म्याचसमेत बनिन् । कतारसँगको ७९ रनको जितसँगै नेपालले मलेसियामा जारी प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।

प्रतिक्रिया