पूर्वप्रधानमन्त्री खनालले भने- मूल नेता नै वाम एकताको पक्षमा छैनन्

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको आवश्यकतामाथि जोड दिएका छन् । उनले बाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको गुनासो गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा भाग लिनुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले वाम एकता देशको आवश्यकता भएको पनि बताए । उनले देशको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक भएको तर आफूलाई वामपन्थी आन्दोलनका मूल भन्ने नेताहरू नै एकताको पक्षमा नभएको जनाएका छन् ।
नेताहरूले एकताको आवश्यकता र ऐतिहासिकताको विषय नबुझेसम्म वामपन्थी एकता सम्भव नै नहुने जनाए । बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरूको कम उपस्थिति हुनु राम्रो पक्ष नभएको दाबी गरे । उनले संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरू आउने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया