फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ जेठ २० गते १९:४२

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी सम्वन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार ललितपुरको साविक बडिखेल गाविस वडा नं ४ परिर्वर्तित गोदावरी नगरपालिका वडा नं ४ बस्ने ४८ वर्षिय जीवन कुमार केसीलाई पक्राउ शुक्रबार काठमाडौंको नयाँ बजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

कार्यालयका अनुसार उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोजिना शाक्यसमेत भएको (बिगो एक करोड १९ लाख ८४ हजार पाँच सय रुपैंयााँ) ठगी सम्बन्धी कसुरमा फरार रहेका केसीलाई नयाँबजार क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका केसीलाई शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया