सोमबार, पुष ७, २०८२

इन्डियन ब्रान्डको कोमाकीका इलेक्ट्रिक स्कुटर तथा बाइक अब नेपालमा, यस्ता छन् विशेषता !

नेपालखोज २०७९ जेठ २० गते २२:०६

काठमाडाैं । इन्डियन ब्रान्ड इलेक्ट्रिक स्कुटर तथा बाइक कोमाकी अब नेपालमा पनि बिक्री सुरु भएको छ । नेपालका लागि कोमाकीको आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ कन्सर्न प्रालिले ती विभिन्न मोडलका विद्युतीय स्कुटर र बाइकको बिक्री गर्दै आइरहेको कम्पनीका मेनेजर उमेश अधिकारीले बताए ।

भारतमा खुब रुचाइएका कोमाकी ब्रान्डका मुख्य यी तीनवटा मोडल यस प्रकार छन् :

कोमाकी रेन्जर बाइक :

यो रेन्जर बाइक जसमा ७२ भोल्ट ५० एम्पिएरको लिथियम ब्याट्री रहेको छ । जसलाई फुलचार्ज गर्न ५ देखि ६ घण्टा लाग्छ र एकपटकको फुलचार्जमा १५० देखि १८० किलोमिटरसम्म गुडाउन मिल्छ । यसमा ४००० वाट पिक पावरवाला बीएलडीसी मोटर जडान गरिएको छ । यसको अधिकतम गति १०० किमि प्रतिघण्टा रहेको छ । त्यस्तै अन्य विशेषतमा दुवै टायर माडिस्क ब्रेक, रि-जेनेरेटिङ ब्रेकिङ, ट्युबलेस टायर, साइड स्ट्यान्ड सेन्सर, ब्लुतुथ म्युजिक सिस्टम, मोबाइल चार्जिङ, एन्टी थेफ्ट लक, रिभर्स एन्ड क्रुज कन्ट्रोल, साउन्ड एन्ड फ्लेम एफेक्ट साइलेन्सर आदि हुन् । यो क्रुजर स्टाइलमा छ । यसमा पछाडि दुवै साइडमा सामान राख्न मिल्ने बक्स पाइन्छ । यसलाई कम्पनीले ब्याट्रीमा २ र मोटर, कन्ट्रोलर र चार्जरमा १ वर्षको वारेन्टी प्रदान गरेको छ । यो बाइक तीनवटा रातो, नीलो र कालो रङमा उपलब्ध छ । यसको मूल्य नेपालमा ४,३५,००० रहेको छ ।

कोमाकी भेनिस र एसई स्कुटर :

हेर्दा इटालियन भेस्पा स्टाइलको देखिने भेनीस स्कुटर पनि भारतीय तथा अहिले नेपाली बजारमा पनि राम्रो रेस्पोन्स पाउँदै आएको मोडल हो । त्यस्तै एसई पनि राम्रो रुचाइएको स्कुटरको मोडलमा पर्छ । यी दुवै मोडलमा ७४ भोल्ट ४० एम्पिएरको लिथियम ब्याट्री हुन्छ जसलाई चार्ज गर्न ४ देखि ५ घण्टा लाग्दछ । एकपटकको चार्जमा भेनिसले १४० र एसईले १२० किमिसम्मको रेन्ज दिन्छ । यी दुवै मोडलमा ३००० वाटको बीएल डीसी मोटर जडान गरिएको छ जसको पिक पावर ५२०० वाटसम्म रहेको छ । प्रतिघण्टा ८५ किमिसम्मको अधिकतम गति प्रदान गर्दछ । यी दुवै मोडलमा ड्युअलडिस्क ब्रेक रहेको छ भने भेनिसमा सीबीएस ब्रेकिङ पनि छ ।

त्यस्तै यी दुवै स्कुटरमा रि-जेनेरेटिङ ब्रेकिङ, रिभर्स असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट, मोबाइल चार्जिङ, ब्लुटुथ स्पिकर, एन्टी-थेफ्ट लक आदि सुविधा तथा विशेषता छन् । भेनिस मोडलमा अतिरिक्त रहेका विशेषताहरुमा रिपेयर स्विच, साइड स्ट्यान्ड सेन्सर, पेसेन्जर फ्लोर बोर्ड आदि छन् । वारेन्टीको कुरा गर्दा ब्याट्रीमा २ वर्ष तथा मोटर, कन्ट्रोलर र चार्जरमा १ वर्ष रहेको छ । त्यस्तै मूल्य दुई मोडलमा थोरै मात्र तलमाथि रहेको छ अर्थात् भेनिसको मूल्य रु. ३,१०,००० छ भने एसईको मूल्य २,९०,००० रहेको छ ।

अहिलेको पेट्रोलको मूल्य आकाशिएको समयमा विद्युत सदुपयोग गर्न सके पेट्रोलियम पदार्थका लागि ठूलो मात्रामा विदेशी रकम पनि रोकिने र वातावरण पनि स्वच्छ रहने कुरामा मेनेजर अधिकारीले जोड दिए ।

त्यस्तै कम विद्युत् खपत गर्ने, बढी रेन्ज दिने, कम मूल्य, आकर्षक डिजाइनका साथै धेरै विशेषता भएका कारण कोमाकीका इलेक्ट्रीक बाइक तथा स्कुटर छोटो समयमै ग्राहकको रोजाइमा परेको उनले उल्लेख गरे । कम्पनीको मुख्य सोरुम बालुवाटारमा छ ।                                 

प्रतिक्रिया