दुर्घटनामा दुई जनाको मृत्यु
नेपालखोज
२०७९ जेठ २१ गते ९:५०

काठमाडौं । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सिस्ने गाउँपालिका–४ दादीङमा रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) को अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया