काठमाडौं क्षेत्र नं १ मा पुकार बमले गरे उम्मेद्वारी घोषणा

काठमाडौं । समाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बम स्वर्गीय उज्ज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।
७२ सालको भुकम्पमा राहत वितरणदेखि कोरोनाको बेला पाँचसय दिनसम्म निःशुल्क खाना खुवाउने, अक्सिजन वितरण अभियानको नेतृत्व लिएका थिए । २०६९ माघमा शुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिलेरु’ जस्ता दर्जनौँ रचनात्मक प्रतिरोधका राजनीतिक अभियानको बमले नेतृत्व गरेका थिए ।
पछिल्लो समय कोरोना कहरमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका सत्याग्रही बम भद्र प्रतिरोधको अगुवाका रुपमा युवामाझ परिचित छन् । बमले आफ्नो उम्मेदवारी दाबीसँगै देशभरी सक्षम युवाहरुलाई समेत उम्मेदवारी दिन अपील गरेका छन् ।

प्रतिक्रिया